काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको छ ।
मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । चालू आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख मध्ये संघीयतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको थियो । समग्रमा हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको शहरी विकास मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार विभिन्न कार्यक्रमहरूको कार्यान्वयन क्रम जारी रहेकोले हालसम्म तीन हजार सात सय १६ नयाँ कार्यक्रमहरूमध्ये एक हजार ६ सय २३ वटामा बोलपत्र आह्वान भइसकेको छ । तीमध्ये एक हजार ९८ वटामा ठेक्का सम्झौता भई एक सय २४ वटाको निर्माण कार्य सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।
यस वर्ष सहरी पूर्वाधार तथा भवन निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको मन्त्रालयको दाबी रहेको छ ।