काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच टेलिफोन वार्ता सम्पन्न भएको केहि समयमै रुस र युक्रेनले एकअर्कामाथि हवाई आक्रमण गरेका छन् ।
यी आक्रमणहरू पुटिनले ३० दिने युद्धविरामको लागि अमेरिकी प्रस्ताव अस्वीकार गरेपछि दुबै देशले एक अर्कामाथि हवाई आक्रमण गरेको हो । यद्यपि उनी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रातभर गरिएको आक्रमणमा रुसले सुमीको अस्पताल सहित नागरिक पूर्वाधारलाई निशाना बनाएको बताएका छन् ।
अर्कोतर्फ, युक्रेनको आक्रमणका कारण दक्षिणी रुसमा २० वर्ग किलोमिटरको दायरा भएको तेल डिपोमा आगलागी भएको छ । ट्याङ्कीहरू बीचको पाइपलाइनमा क्षति पुगेको थियो । आगो निभाउन सयौं ग्निनियन्त्रकहरू खटिएको मिडिया रिपोर्टमा उल्लेख छ । रुसी रक्षा मन्त्रालयले युक्रेनबाट प्रहार गरिएका ५७ वटा ड्रोन खसालेको बताएको छ ।
