सभामुख घिमिरे नेतृत्व टोली उज्वेकिस्तान प्रस्थान गर्दै

राजनीति समाचार

काठमाडौं । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदैछन् ।

सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली यही चैत २० गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ । उक्त टोली आगामी वैशाख २ गते मात्र स्वदेश फर्किनेछ । दुई हप्ता लामो भ्रमण टोलीमा प्रमुख चार राजनीतिक दलबाट एकरएक जना सदस्य छन् । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य डा.अन्जान शाक्य, कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद सोविता गौतम

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि सभामुखसँगै उज्वेकिस्तान जाने भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *