बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया बढ्यो अघि

राजनीति समाचार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।उनले विवाहको उमेरको विषयमा गम्भीर तरिकाले सोच्नुपर्ने बेला भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय अभ्यास चाहिँ रोमियो जूलियट ‘ल’ प्रयोग गर्ने कि,विवाहको उमेर घटाएर १८ मा लैजाने भन्ने विषयमा अहिले तत्काललाई उमेर घटाएर अघि बढ्दा विषयवस्तुको समाधान हुनसक्ने गृहमन्त्री लेखकको भनाइ रहेको छ ।

यस विषयमा थप छलफल गरेर सुझाव दिन गृहमन्त्री लेखकले सांसदहरूलाई आग्रह गर्दै रोमियो जुलियट ‘ल’ले १८ वर्ष विवाहको उमेर तोक्यो भने,१६ देखि १८ वर्षसम्मको उमेरमा पनि उनीहरूको शारिरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न नमिल्ने कन्सेपट रहेको समेत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *