काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् ।
प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए ।
