काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजाको पाँचौ तल्लामा आगलागी हुँदा केही मानिसहरु माथिको तलामा फसेका छन् ।
माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो । इटहरी उपमहानगरपालिका–६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो ।
आगो नियन्त्रणको प्रयास भइरहेकोले माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन नभएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार आगलागी भइरहेको भवन सात तलाको रहेको छ ।

