सभामुख घिमिरेले संसदको अवरोध खुलाउन प्रमुख सचेतकसँग छलफलको क्रम जारी

राजनीति समाचार

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने प्रयासमा राजनीतिक दलका प्रमुखहरुसँग छलफल क्रम जारी राखेका छन् ।

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफको माग गर्दै बुधबारको बैठक अवरोध गरेका थिए ।
सोही अवरोधका कारण सभाको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तथापि, बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।
आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नुभन्दा अगाडि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *