काठमाडौं । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ ।
यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो । कार्यालयलाई रु आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिएकोले ९९ प्रतिशत लक्ष्य पूरा भएको कार्यालयले जनाएको छ । कार्यालयले चालु आवमा रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ ।

