परराष्ट्रमा दरबन्दी थपेर राज्यकोषको दोहन

राजनीति समाचार

काठमाडौं । आर्थिक मन्दीका कारण सरकार खर्च कटौती र मितव्ययिताको नीति ल्याइरहेको छ । कोही कर्मचारी भने मन्त्रालयमा सह सचिवदेखि अन्य पदमा दरबन्दी थपेर मस्ती गर्ने सपना देखिरहेका छन् । परराष्ट्र मन्त्रालयमा यस अघि राजदूत रहेका दुर्गाबहादुर सुवेदी (दुवसु) लाई माथ गर्ने गरी यो खेलोमेलोमा सक्रिय कर्मचारी हुन प्रथमा उप्रेती । सेवा प्रवेश गरेदेखि उप्रेती आजसम्म नरम ठाउँमा बस्नु परेको छैन ।

जिम्मेवारीको हिसाबले परराष्ट्रकी उपसचिव हुन प्रथमा । उनी सार्क सचिवालयमा कार्यरत छिन् । परराष्ट्रमा एकैपटक ११ वटा सहसचिव, ठूलो संख्यामा उपसचिव र शाखा अधिकृतको दरबन्दी थप्नुमा उनै प्रथमाको भूमिका रहेको जानकारहरु बताउँछन् । परराष्ट्र मन्त्रालय भनेको अर्थमा जस्तो राजस्व भन्ने अलग समूह, स्वास्थ्य र जनसंख्या युवा तथा खेलकुदमा युवा अलग्गै खेलकुद अलग्गै, हुनेखाले मन्त्रालय होइन ।

तर यही मन्त्रालयमा शाखाको संख्या झण्डै डेढ दर्जन पु¥याइएको छ । कस्तो भने, ३ वटा सचिवको दरबन्दी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ वटा महाशाखा,२ जना सचिव भएको अर्थ मन्त्रालयमा ९ वटा, २ जना सचिव रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ७ वटा महाशाखा, २ जना सचिव रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ७ वटा महाशाखा र २ सचिव रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि ७ वटै महाशाखा रहेको छ । यस्तै प्राविधिक र प्रशासनको गरी २ सचिव रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एघरौं तह (सहसचिव)को नेतृत्वमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईसहित ६ वटा महाशाखा रहेको छ तर परराष्ट्र मन्त्रालयमा कर्मचारी थुप्रिदा धमाधम महाशाखा फुटाउने काम तिव्र गतिमा भइरहेको छ ।

त्यहाँ एउटा मात्र सचिवको दरबन्दी रहेको परराष्ट्र मन्त्रालयमा १० वटा महाशाखा रहेकोमा एउटा मात्र सचिव रहेको परराष्ट्र मन्त्रालयमा त्यति धेरै महाशाखा घटाएर ६÷७ वटा महाशाखामा सीमित गर्नुपर्नेमा १५ वटा महाशाखा बनाइएको छ। त्यसैले परराष्ट्र मन्त्रालयमा सहसचिवको बाढी आएको हो । पछिल्लो समय मन्त्रालयमा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ५, कार्यक्षमताद्वारा ५, आन्तरिकबाट ३ जना गरी १३ बढुवा हुँदा उनीहरुको व्यवस्थापनमा सकस भए पछि महाशाखा बढाएर १५ पु-याइएको हो ।

त्यहाँ जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा पुष्पराज भट्टराई, मणिरन्त शर्मा, लोकबहादुर पौडेल क्षेत्री, किरण शाक्य र दुरपदा सापकोटा र कार्यक्षमता मूल्याङ्कनद्वारा दधिराम भण्डारी, हरिप्रसाद ओडारी, प्रकाश अधिकारी, डमरुबल्लभ पौडेल र पारस पण्डित सहसचिव बनेर आएका छन् । यस्तै उमेश मैनाली पुत्री ईला मैनाली, रोशन खनाल र रोजिना ताम्राकारका अलवा दिपक विक, विकासकुमार रजक र सुजनी राना थपिएका छन् । बेल्जियमको राजदूतबाट फर्किने सहसचिव गेहेन्द्र राजभण्डारी पाकिस्तानको राजदूतबाट तापस अधिकारी र जर्मनीबाट फर्किने रामकाजी खड्काहरु त्यही छन् ।

जसमध्ये बेल्जियमबाट फर्किएका राजभण्डारीलाई दक्षिण एसिया महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् भने पाकिस्तानबाट फर्किएका अधिकारीलाई दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखा प्रमुख, जर्मनीबाट फर्किएका रामकाजी खड्कालाई मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको तोकिएको छ ।

मन्त्रालयको अन्तर्राष्ट्रिय संघ, संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा एवं प्रवक्ता कृष्णप्रसाद ढकाल, उत्तरपूर्व एसिया महाशाखा प्रमुखमा भृगु ढुंगाना, युरोप अमेरिका महाशाखा प्रमुखमा गणेशप्रसाद ढकाल, नीति, योजना, विकास कूटनीति तथा नेपाली डायस्पोरा महाशाखा प्रमुखमा लक्ष्मण खनाल, सामान्य प्रशासन महाशाखा प्रमुखमा सुरेश अधिकारी, शिष्ट्रचार महशाखा (महापाल)मा विष्णुप्रसाद गौतम र क्षेत्रीय संगठन महाशाखा प्रमुखमा ज्ञानबहादुर मगर रहेका छन्। भर्खरै सहसचिवमा बढुवा भएर आएका दधिराम भण्डारीलाई सगरमाथा संवाद सचिवालयमा खटाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *