सांसद बोहराको निधनका कारण प्रतिनिधिसभा बैठक केहीबेर ढिलो सुरु हुने

राजनीति समाचार

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरका लागि पछाडि सरेको छ ।

सभामुख देवराज घिमिरे बैठक कक्षमा आइपुगे पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनको खबर आएकाले संसद बैठक केहीबेरका लागि पछि सरेको बताइएको छ । घण्टी सुरु गर्नुअघि सभामुख बैठक कक्षको लबीमा पुग्ने अभ्यास छ ।

सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद केही ढिला सुरु हुनेछ । आज शोक प्रस्ताव पारित गरेर संसद बैठक अन्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *