अमेरिकामा संघीय स्वास्थ्य कर्मचारीको भारी संख्यामा कटौती

विविध समाचार

काठमाडौं । अमेरिकामा संघीय स्वास्थ्य कर्मचारीहरूको कटौती सुरु भएको छ।

जब मंगलबार कर्मचारीहरू कामका लागि कार्यालय पुगे, तब उनीहरूलाई कार्यालयको गेटम रोकिएको बीबीसीले जनाएको हो । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ.क्यानेडी जुनियरले गत हप्ता नै १० हजार कर्मचारीहरूलाई जागिरबाट निकाल्ने घोषणा गरेका थिए।अमेरिकी राष्ट्रपति कार्यालयले पनि गत हप्ता फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) बाट ३५ सय कर्मचारी हटाउने योजना रहेको जनाएको थियो।

यस्तै, युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) बाट २४ सय कर्मचारी हटाइने छ। त्यसैगरी, राष्ट्रिय स्वास्थ्य संस्थानबाट पनि १२ सय कर्मचारी निकाल्ने प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *