काठमाडौं । अवकाशको मुखमा रहेका सूर्य सिलवाललाई भ्रष्टाचारको मुद्धामा डामेर विनोद चौधरी र दीपक भट्टको योजना अनुसार वीमा प्राधिकरणमा शरद ओझालाई फिट गराइएको थियो । त्यो नियामक निकाय,जस्ले १४ जीवन,१४ निर्जीवन,२ पुर्नवीमासहित ७ लघुवीमाको नियमन गर्ने जिम्मेवारी पाएको निकाय हो यो । यही निकायमा रहेका कर्मचारीहरुले नियम विपरित आफ्ना श्रीमती,सालीदेखि गर्लफ्रेण्डहरुलाई विभिन्न कम्पनीमा जागिर खुवाइरहेको भेटिएको छ । नियम र प्रक्रिया मिचेर त्यहाँका कर्मचारीहरुले विभिन्न विमा कम्पनीमा आफना श्रीमान् श्रीमती भर्ती गराएका हुन् ।
यसरी जागिर खुवाउनेमा चालकदेखि कार्यकारी निर्देशक तहसम्मका कर्मचारीहरु रहेका छन् । नेपालमा बीमा कम्पनीहरु नियमनकारी निकाय बीमा प्राधिकरणका आफन्तका भर्ती केन्द्र बनाएका छन् । कम्पनीहरुमा कर्मचारीका श्रीमान् श्रीमती देखि दाजुभाई, दिदिबहिनी, छोराछोरी, भान्जाभान्जी लगायतका आफन्त भर्ती केन्द्र नै बनाएपछि सुशासन एकादेशको कथा बन्न पुगेको छ । यसरी नियुक्ति दिलाइएको मध्ये सबैभन्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा र निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरन्स कम्पनीमा प्राधिकरणका कर्मचारीहरुले आफ्ना नातेदार भर्ति गराएको भेटिएको छ ।
जस्तो यसरी आफन्तलाई जागिर खुवाउनेमा हालैमात्र शरद ओझाका दाहिने हात बनेका सुशील देव सुवेदी अग्रपक्तिंमा छन् । शरदले विनोद चौधरी र दीपक भट्टका योजना अनुसार,तीन बर्ष अगाडि नै निर्देशक भएका वीमा प्राधिकरणको एक कर्मचारी कार्यकारीलाई बाइपास गरेर कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदीलाई बढूवा गरेको छ । बीमा प्राधिकरणको कार्यकारी निर्देशकका लागि कमलराज रेग्मी, सुशिल सुवेदी र पुजन ढुंगेल (अधिकारी) बढुवाका लागि प्रतिष्प्रर्धामा थिए । तर ९ बर्षभन्दा लामो समयदेखि निर्देशकको भूमिकामा रहँदै कमल रेग्मीको नाम काटेर शरदले सुशीलदेवलाई एक तह बढूवा गरेका छन् । उनै सुशीलको पत्नी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत रहेको पाइएको छ ।
यस्तै प्राधिकरणका निर्देशक कुन्दन सापकोटाको श्रीमती सन नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा,अर्काे निर्देशक धु्रब्र तिमिल्सिनाको श्रीमती पनि आईजीआई प्रडेन्सियल इन्स्योरेन्स र जेठी श्रीमती शिखर इन्स्योरेन्समा कार्यरत रहेको जानकारहरु बताउँछन् । प्राधिकरणका उप निर्देशक विरोध भट्टीकी श्रीमती अहिले नेशनल लाइफ इन्स्यारेन्समा जागिर खुवाउँदा चार्टड एकाउन्टेण्ट (उप निर्देशक) विरोध बाग्लेको श्रीमती सूर्यज्योति लाइफ इन्स्यारेन्समा कार्यरत रहेको पाइएको छ ।
यस्तै उप निर्देशक शम्भु मिश्रकी श्रीमती नेशनल लाइफ इन्स्योरेन्स,सहायक निर्देशक सीता पाण्डेका श्रीमान सूर्य ज्योति लाइफ इन्स्योरेन्स,चाटर्ड एकाउन्टेण्ट (उप निर्देशक) सन्तोष कार्कीकी श्रीमती पनि नेपाल लाइफ इन्स्योरेन्स, प्राधिकरणको बीमालेख शाखाका उप निर्देशक राम कोजुकी श्रीमती सूर्यज्योति इन्स्योरेन्स,सहायक निर्देशक टेकराज पाण्डेकी श्रीमती नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् ।
सहायक निर्देशक दीपक ज्ञवालीकी श्रीमती सन नेपाल लाइफ इन्स्योरेन्स,सहायक निर्देशक अनिश तिमिल्सनाकी श्रीमती सूर्यज्योति लाइफ इन्स्योरेन्स र अर्का सहायक निर्देशक सुन्दर प्रसाद शर्माकी श्रीमती पनि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत रहेको पाइएको छ । यस्तै, सहायक निर्देशक प्रदिप गौतमकी श्रीमती सूर्यज्योति लाइफ इन्स्यारेन्स कम्पनीमा काम लगाएका छन् भने चालक सानुकाजी कुँवरकी श्रीमती नेपाल लाईफ इन्स्योरेन्समा काम गर्दै आएको भेटिएको छ ।