नेपाल सुपर लिगमा आज दुईवटा खेल हुँदै

खेलकुद समाचार

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज काठमाडौं रेजर्स एफसी र एफसी चितवन तथा धनगढी एफसी र झापा एफसी खेल्ने छन् ।

काठमाडौं र चितवनको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा दिउँसो साढे २ बजे सुरु हुनेछ । लिग अन्तर्गत काठमाडौंले आज छैटौँ र चितवनले पाँचौ खेल खेल्न लागेका हुन् । अहिलेसम्मका खेलमा काठमाडौंले एकमा जित दुईमा बराबरी र दुईमा हारसहित ५ अङ्क जोडेको छ । चितवनले दुईमा जित एकमा बराबरी र एकमा हारका साथ ७ अङ्क बनाएको छ ।

यस्तै, धनगढी र झापाबीचको खेल दशरथ रङ्गशालमा साँझ ६ बजे सुरु हुनेछ । अहिलेसम्म चार खेल खेलेको धनगढीले दुईमा जित र दुईमा बराबरी गर्दै ८ अङ्क जोडेको छ । समान खेल खेलेको झापा अङ्कविहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *