चारदेशीय टी–२०आईमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट वरीयता खस्कियो

खेलकुद समाचार

काठमाडौं । चारदेशीय टी–२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ ।

नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग तीन रनले पराजितहुँदा एक स्थानबाट तल झर्दै १८औं स्थानमा खस्किएको हो । त्यस्तै अलराउण्डर दिपेन्द्रसिंह ऐरी पनि आईसीसी टी-२०आई अलराउण्डर वरीयतामा दोस्रोबाट तेस्रोमा झरेका छन् ।

दीपेन्द्रले हङकङ श्रृंखलामा अपेक्षाविपरी भएकोले उनको स्थान खस्किंदा अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रोमा उक्लिएका छन् भने भारतका हार्दिक पाण्ड्या शीर्षमा यथावत् छन् ।

कुवेतसँग १२ बलमा ३१ रन बनाउँदा हङकङसँग वर्षाले प्रभावित खेलमा ब्याटिङ बलिङ दुवै गरेनन् । कुवेतसँगको फाइनलमा भने उनी डकआउट भएका थिए । बलिङमा पनि एक ओभर गर्दा विकेट लिएनन् । दीपेन्द्रले हङकङमा भएका खेलमा कतारसँग ब्याटिङ गर्नुपरेन भने बलिङमा ४ ओभरमा २६ रन दिंदा कुनै विकेट लिएनन् । उनको रेटिङ २३३ बाट २०९ मा झरेको हो । शीर्षका पाणड्याको २५२ तथा दोस्रोका स्टोइनिसको २१० रेटिङ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *