सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

मधेस प्रदेश समाचार

काठमाडौं । दाङको तुलसीपुर स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ ।

बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि सडक निर्माण नभएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका छन् । पटकपटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा सडक अवरुद्ध गरी केराका बोट रोपेका थिए ।

बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित सडकमा केराका बिरुवा रोपिएको सङ्घर्ष समितिका एक सदस्यले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *