काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन् ।
रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले दलहरुबीच नभइ बिचौलियाबीच कुरा नमिलेको कारण गर्भनर नियुक्तिको विषयमा ढिला भएको उनको
दाबी रहेको छ ।
राम्रो काम गर्ने इमानदार कर्मचारीहरुलाई प्रताडित गर्ने, अपमानित गर्ने र निकाल्ने र नराम्रोलाई भर्ती गर्ने काम भइरहेकोले स्वार्थअनुसारका नियुक्ति गर्ने र इमानदार कर्मचारीलाई प्रताडित गर्ने काम नगर्न उनले यस्तो सुझाव दिएका हुन् ।
उनले यसरी अर्थतन्त्रलाई नियमन, नियमित गर्ने, सन्तुलित बनाउने महत्वपूर्ण संवेशदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न आग्रह गर्दै पार्टी र समाजवादी मोर्चाकै तर्फबाट पनि पटक–पटक सरकारलाई खबरदारी गरिरहेको तर, सरकारले भने त्यतातिर ध्यान नदिएको बताएका छन् ।
माओवादी अध्यक्ष दाहालले कांग्रेस महामन्त्रीले नै प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको कुरा भनिसकेको बताउँदै सरकार बिचौलियाले चलाउने कुरा पुष्टि भएको बताएका छन् ।