ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाउने सरकारको तयारी

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाउने भएको छ ।

सरकारले सुचना जारी गर्दै मंगलबार २५ अर्ब २५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको जानकारी दिइएको हो । ट्रेजरी बिलका लागि सोमबार दिउँसो नै बोलकबोल भइसकेकोले जसअनुसार आज ट्रेजरी बिल वितरण गर्न लागेको छ । यसअघि सरकारले पटक पटक गरी ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण सङ्कलन गरिरहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिलको नवीकरण गर्न लागेको र बाँकी ५ अर्ब नयाँ जारी गर्न लागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *