सप्तरीमा चालु आर्थिक वर्षको नौ महिनामा १३ वटा पुलको निर्माण

अर्थ/वाणिज्य समाचार

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा ६ वटा पुल निर्माण भएका छन् । लहानस्थित सडक डिभिजन कार्यालयले निर्माण सम्पन्न भएका सात पुलको ‘लोड टेस्ट’ हुन बाँकी रहेकोले काम अन्तिम चरणमा पुगेको जनाएको हो ।

सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी रहेको छ । छिन्नमस्ता गाउँपालिका–१ ललापट्टी–बुटनपोखरी भलवाही पुल तीन करोड ७३ लाख ८२ हजारको लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ । यस्तै सोही निर्माण कम्पनीले तीन करोड ६२ लाख ७४ हजारको लागतमा विसहरिया–१ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यस्तै रुपनी गाउँपालिका–६ दुधैला खोलामा नयाँ वस्ती नजिकै ६ करोड ५३ लाख ७५ हजारका लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । फकहा–बरदहीको बीच मुत्तनी नदीमा पनि धमाधम पुल निर्माण भइरहेको छ । उक्त पुलको वित्तीय प्रगति ८३।५८ प्रतिशत छ भने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

त्यसैगरी, रुपनी गाउँपालिका–६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ । उक्त पुल नौ करोड ७५ लाख ९८ हजारको लागतमा निर्माण भइरहेको हो । शम्भुनाथ नगरपालिका–९ भएर बग्ने भवरा नदीमा चार करोड ७५ लाख ३१ हजारको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति ८२ प्रतिशत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *