टीआरसीको संक्षिप्त नामावलीमा परेका व्यक्तिबारे प्रतिक्रिया आह्वान,३४ जनाको संक्षिप्त सूची सार्वजनिक

राजनीति विविध समाचार

काठमाडौं । संक्रमणकालीन न्याय टुंग्याउने दुई आयोगका सम्भावित पदाधिकारीहरूको संक्षिप्त नामावलीमा परेका व्यक्तिहरुका बारेमा प्रतिक्रिया जनाउन नाम छनोट तथा सिफारिस समितिले आह्वान गरेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका लागि ३४ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको सिफारिस समितिले ती नामावलीप्रति प्रतिक्रिया दिन भनेको हो । प्रतिक्रिया जनाउने समयअवधि यही वैशाख २० गते ५ बजेसम्म छ । सिफारिस समिति समक्ष आइपुग्ने गरी लिखित वा विद्युतीय रुपमा प्रतिक्रिया जनाउन समितिले आह्वान गरेको हो ।

यसअघि यी दुई आयोगका पदाधिकारी र सदस्यका लागि आवेदन दिएका १११ आवदेकहरुमध्ये ३४ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *