काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदैछ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभाको छैठौं अधिवेसनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको हो ।
प्रदेश प्रमुख घर्ती मगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सरकारले सम्पन्न हुन नसकेका योजनाहरुलाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ति योजनाहरुलाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन बृद्धि गर्ने, अर्गानिक खेति प्रणालीको विकास गर्ने लगायतका बिषयहरुलाई प्राथमिकतामा राखेको जनाइएको छ ।