नवनियुक्त गभर्नर डा.पौडेलले लिए शपथ, माइन्युटमा हस्ताक्षर गरी पदभार ग्रहण

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले शपथ लिएका छन् ।

डा.पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ लिएका हुन् । डा.पौडेलले सर्वोच्च अदालत पुगेर राउतसँग शपथ लिएका हुन्।
केन्द्रीय बैंक प्रवेशअघि उनलाई कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसपछि कार्यकक्ष पुगेर गभर्नर पौडेलले माइन्युटमा हस्ताक्षर गरेर पदभार ग्रहण गरे ।

गभर्नरले प्रधानन्यायाधीशसँग शपथ लिने कानुनी व्यवस्था छ । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *