भारतका उत्तरपूर्वी राज्यमा बाढीले अहिलेसम्म ३४ जनाको मृत्यु

विविध समाचार

काठमाडौं । भारतका उत्तरपूर्वी राज्यहरूमा बाढीले वितण्डा मच्याएको छ ।

उत्तरपूर्वी राज्यहरु सिक्किम, मेघालय, मणिपाल आसाममा बाढीबाट अहिलेसम्म ३४ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सिक्किममा आएको बाढीमा हजारौं पर्यटक फसेको बताइएको छ भने मेघालयमा सेनाको उद्धार टोलीले मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम गरिरहेको छ । यहाँ बाढीमा पाँच सय जना फसेको बताइएको छ ।

मणिपुर अग्निशमन सेवा, आसाम राइफल्स, एसडीआरएफ र एनडीआरएफले बाढीमा फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेको रिपोर्टमा उल्लेख छ । समाचार एजेन्सी पीटीआईका अनुसार, मणिपुरमा बाढीबाट ५६ हजार मानिसहरू प्रभावित भएका छन्। यहाँ बाढीबाट १० हजारभन्दा बढी घरहरू ध्वस्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *