चैते धानको समर्थन मूल्य नपाउँदा चितवनका किसान चिन्तित

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । चैते धानले समर्थन मूल्य नपाउँदा चितवनका किसान चिन्तित भएका छन् ।

सरकारले चैते धानको समर्थन मूल्य दुई हजार आठ सय ७९ तोकेको भएपनि यहाँका किसान एक हजारदेखि एक हजार आठ सय रुपैयाँसम्ममा बेच्न बाध्य भएका छन् । धान थन्क्याउने समयमा समर्थन मूल्य नपाएपछि किसान निरास भएका हुन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भू–भागमा चैते धानखेती हुने गरेको छ ।

चितवनमा यो वर्ष करिब दश हजार हेक्टरमा चैते धानखेती भएको छ । गत वर्ष नौ हजार पाँच सय हेक्टरमा चैते धान रोपिएकोमा ५९ हजार पाँच सय १९ मेट्रिक टन उत्पादन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *