काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनविरुद्ध छानबिनको आदेश दिएका छन् ।
यो आदेश बाइडेनको माफी र अन्य महत्त्वपूर्ण कागजातहरूमा अटोपेन प्रयोग गरेर गरिएको हस्ताक्षरको अनुसन्धान गर्न दिइएको हो ।अप्टोपेन एक मेकानिकल उपकरण हो, जुन व्यक्तिको हस्ताक्षरको प्रतिलिपि बनाउन प्रयोग गरिन्छ । अमेरिकी राष्ट्रपतिहरूले दशकौंदेखि यसलाई प्रयोग गर्दै आएका छन् । बाइडेनका नजिकका अधिकारीहरूले बाइडेनको कमजोर स्मरण शक्तिको आडमा राष्ट्रपतिको अधिकारको दुरुपयोग गरेको ट्रम्पले उल्लेख गरेका छन् ।
ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डी र ह्वाइट हाउसका काउन्सिल डेभिड वारिङ्टनलाई यो अनुसन्धानको नेतृत्व गर्न निर्देशन दिएका छन् । यसैबिच, हाउस ओभरसाइट कमिटीका अध्यक्ष रिपब्लिकन सांसद जेम्स कमरले अघिल्लो सरकारमा राष्ट्रपतिका नजिकका अधिकारीहरूलाई सोधपुछ गर्न माग गरेका छन् ।
नक्कली हस्ताक्षरको मुद्दालाई दबाउन खोजेको आरोप यी अधिकारीहरूको छ । सोधपुछको माग गरिएका अधिकारीहरूमा पूर्व राष्ट्रपतिका सल्लाहकार माइक डोनिलोन, अनिता डन, ह्वाइट हाउसका कर्मचारी प्रमुख रोन क्लेन, पूर्व उपप्रमुख स्टाफ ब्रुस रीड र बाइडेनका पूर्व सल्लाहकार स्टिभ रिचेट्टी समावेश छन् ।

