प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित

राजनीति समाचार

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन ।

सभामुख देवराज घिमिरेले आजपनि बैठक बस्न सक्ने अवस्था नबनेपछि आइतबार अपराहन्न १ बजेसम्मका लागि स्थगित गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

आज संसदको अवरोध खुलाउने प्रयास भएपनि सफल हुन सकेन । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरेका थिए भने उनले कांग्रेसका नेताहरुसँग पनि छलफल गरेका थिए ।

माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको ुसेफ ल्यान्डिङु खोजेको दाबी गरिएको छ । तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *