कर्णालीको नीति र कार्यक्रम बहुमतले पारित,कार्यवाहक प्रदेश प्रमुख मियाँद्वारा प्रस्तुत

कर्णाली प्रदेश समाचार

काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति र कार्यक्रम बहुमतले पारित भएको छ।

आइतबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको बाह्रौं बैठकमा आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको हो । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसदहरूले असहमति जनाए पनि सत्ता साझेदार दलका सांसदहरूको ध्वनि मतको बहुमतका आधारमा नीति र कार्यक्रम बहुमतले पारित भएको हो ।

कर्णालीको नीति तथा कार्यक्रम जेठ २३ गते कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *