काठमाडौं । यतिबेला गुप्तचरभित्र जापान भ्रमणबाट के आयो कोसेली भन्नेहरुको गुप्तचरमा हल्लीखल्लि भएको छ । अहिलेको चर्चा पनि त्यही हो । गुप्तचरमा यो चर्चा ठाउँ पाएको छ । त्यही हो गत साता ५ दिने भ्रमणमा निस्केका प्रमुख निर्देशक हुतराज थापाको विदेश भ्रमण यही अन्तिम हो । उनी आगामी भदौ १३ गते अवकाश जाँदैछन् ।
त्यो पदमा उमेश जोशी र टेकेन्द्र कार्कीको बिचमा प्रतिस्पर्धा हुँदैछ । जोशी सुदूरपश्चिमका हुन भने कार्की कर्णाली प्रदेशका हुन् । प्रमुख थापा उपप्रमुख कार्कीले आफ्नो सचिवालयका डिएसपी तहका हाकिम लिएर जापान गएका हुन् । जापानको गुप्तचरसँग नेपालको राष्ट्रिय अनुसनधानको सम्बन्ध विस्तार गर्न थापाकै सक्रियतामा भएको हो । नेपालको गुप्तचर भारतस्थित नेपाली दूतावासमा पनि छ । जापान, बेलायत अमेरिकाजस्ता देशमा गुप्तचरको दरबन्दी पठाउनुपर्ने प्रस्ताव सरकार समक्ष गर्दा प्रमुख दुई उपप्रमखसँगै गएका हुन् । वरिष्ठताका आधारमा उमेश जोशी भएपनि कार्यक्षमताका आधारमा टेकेन्द्र कार्कीलाई विभागको प्रमुख बनाउनुपर्छ भन्ने जमात त्यहाँ छ । तर, गुप्तचर भित्र योग्यता र क्षमता कार्य दक्षताका कदर गरिँदैन ।
कार्यक्षमताका दृष्टिले कार्की वरिष्ठताका दृष्टिले जोशी चर्चामा छन् । सह–महामन्त्रीको फुपुको छोरा सभापति शेरबहादुर देउवाका पुजारी पुत्र नै जोशीको योग्यता हो । गुप्तचरमा प्रधानमन्त्री केपी ओलीको दबदबा भएको बताइन्कछ । किनकि गुप्तचर प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको छ । तर ती संस्थाको प्रगति शून्य छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडा राजनीतिक सल्लाहकार विष्णु रिमाल स्वकीय सचिव विनोद दाहालको लुट चरम छ ।