लामिछानेलाई सभापति र संसदीय दलको नेतामा नहटाएको कांग्रेसको आरोप

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जेलमा रहेका रवि लामिछानेलाई सभापति बनाइराखेको र संसदीय दलको नेताबाट पनि नहटाएको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अरुलाई नैतिकताको पाठ सिकाउनु अघि आफू स्वच्छ हुन जरुरी रहेको बताउदै पाँच÷पाँच वटा मुद्दा लागेका रवि लामिछानेलाई सभापति बनाइराखेको र लामिछाने सांसदबाट निलम्बित हुँदापनि संसदीय दलको नेतामा निरन्तरता दिएको आरोप लगाए ।

घिमिरेले गृहमन्त्री रमेश लेखकको नैतिकताको आधारमा राजीनमा माग्ने साथीहरुले पाँच÷पाँच वटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण, संगठित अपराधको मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराइराख्न कुनै नैतिकताले दियो ? भन्दै प्रश्न गरेका थिए ।

घिमिरेले रास्वपाको संसदीय दलको नेतासमेत परिवर्तन नगरिएको भन्दै संसद् सदस्यबाट निलम्बित भइसकेको व्यक्तिलाई संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरुलाई नैतिकताको पाठ सिकाउन नमिल्ने जिकिर गरे ।

रास्वपाले आजको बैठकमा भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै नाराबाजी गरिरहेको छ । नाराबाजीकै बीचमा सभामुख घिमिरेले संसदको कारवाही अगाडी बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *