एघारौं चुरे संरक्षणको अवसरमा आज राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले विभिन्न कार्यक्रम गर्दै

विविध समाचार

काठमाडौं । आज एघारौं चुरे संरक्षण दिवसको अवसरमा नेपालमा विविध कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा नवलपरासीको कावासोतीमा मुख्य कार्यक्रमको आयोजना गरेको छ । चुरेको प्राकृतिक स्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको सम्बद्र्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पु¥याउने लक्ष्यका साथ समितिको स्थापना २०७१ साल असार २ गते भएको हो ।

समितिको स्थापना भएयताको अवधिमा चुरे संरक्षणका नाममा झण्डै १५ अर्ब खर्च भइसकेको छ भने समितिले आर्थिक वर्ष २०८०/८१ सम्म १४ अर्ब ९६ करोड खर्च गरिसकेको छ ।
समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशमलव ८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा प्राप्त गर्ने छ पदाधिकारीसहित १२४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *