एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी, शिक्षक आन्दोलनका कारण नतिजा सार्वजनिक मिति पनि पछि

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी रहको छ ।

नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेकोले असारको तेस्रो साता नतिजा सार्वजनिक हुनेभएको छ । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *