बाढीपहिरोका कारण विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्व, अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी

विविध समाचार

काठमाडौं । मंगलबार वर्षापछिको बाढीपहिरोका कारण विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका छपेलीमा पहिरो खस्दा बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको हो ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका कोदारी, वडा नम्बर ३ लार्चा र वडा नम्बर २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

यसैगरी नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिकामा रहेको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका– ६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द भएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिकाको रवि–राके–भेडेटार सडक एकतर्फी खुलेको छ ।

अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *