पूर्वराष्ट्रपति भण्डारीको पर्खाइमा वापन्थी दलहरु

राजनीति समाचार

रामचन्द्र बस्नेत
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने हल्ला चलेपछि एमालेभित्र तरंग छाएको छ । पूर्वराष्ट्रपति भण्डारी एमालेमा आउने भएपछि पार्टीले आगामी भदौमा विधान अधिवेशन गर्ने भएको छ । सो विधान अधिवेशनले कस्तो नीतिनिय बनाउने हो त्यसले भण्डारीको एमाले आगामन हुनेनहुने निधो गर्ने छ । यदि भण्डारी एमालेको सक्रिय राजनीतिमा आएको खण्डमा उनलाई भावी अध्यक्ष बनाउने रहणनीति भइरहेको छ ।

यदि भण्डारी एमालेको अध्यक्ष भएको खण्डमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एमालेमा समाहित हुने संकेत देखिएको छ । तीन पार्टी एक ढिक्का भएर २०८४ को निर्वाचनमा जाँदा स्पष्ट बहुमत आएको खण्डमा केपी ओलीलाई राष्ट्रपति बनाउने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने डिजाइन पनि भित्रभित्रै हुन थालेको छ । तर, नेपालका वामपन्थी दलहरुमा कतिबेला कुन नेता कतातिर जाने हुन् भन्ने टुंगो छैन ।

देशलाई साच्चिकै स्थायित्व दिने हो भने पूर्वराष्ट्रपति भण्डारीलाई एमाले अध्यक्ष बनाएको खण्डमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भीम रावल जस्ता नेताहरु पनि एक ठाउँमा आउने सम्भावना देखिन्छ । तर, वामएकता भए तापनि नेपालको भू–राजनीतिले गर्दा त्यो सम्भव हुनेनहुने निश्चित छैन । अहिले सबै वामपन्थी दलहरुले विद्याको एमाले आगमनलाई नियालीरहेका छन् । यी वाम नेताहरु एक ठाउँमा उभिएको खण्डमा ठूलो दल नेपाली कांग्रेस, मधेशवादी दल र स्वतन्त्रहरुलाई समस्या पर्ने देखिन्छ । तर, देश र जनताको लागि भने वाम एकताको खाँचो खड्किएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *