काठमाडौं । कांग्रेस र एमालेको सरकारले महिना पार गरिसक्दा पनि जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् । सत्तासिन दलनिकट उद्योगी व्यापारीहरु कसरी हुन्छ राजश्व छल्ने र राज्यको सम्पक्ति हडप्ने ध्यानमा लागिपरेका छन् । नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगी विनोद चौधरीले करछलीदेखि राज्यको सम्पक्ति हडप्न छाडेका छैनन् । उनले करछली राज्यको सम्पक्ति मात्र हडपेका छैनन् उनले विदेशमा थन्क्याएका सात बिलियन डलर बराबरको सम्पत्ति पर्दाफास हुँदासमेत राज्यका सम्बन्धित निकायले कारबाही गर्न सकेका छैनन् । उल्टै चौधरीकै पक्षमा उच्च ओहोदाका कर्मचारीदेखि राजनीतिक दलका नेताहरु लाग्ने गरेका छन् ।
कर छली गरेर राज्यको सम्पत्ति दोहन गर्नकै लागि चौधरी विभिन्न कालखण्डमा राजनीतिक पार्टी परिवर्तन गरिरहन्छन् । तत्कालीन अवस्थामा चौधरी नेकपा एमालेमा थिए । चौधरी एमाले नेता हुँदा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले चौधरी निवासमै बसेर बजेट भएको आरोप लागेको थियो । त्यसपछि चौधरी एमाले छाडेर कांग्रेस प्रवेश गरे । कांग्रेस प्रवेश गरेपछि थारुको कोटाबाट समानुपातिक सांसद बने । त्यसपछि फेरि गत २०७९ को निर्वाचनमा नवलपरासीबाट सांसद निर्वाचित भए । तत्कालीन अवस्थामा एमालेको आडमा करछलीदेखि विभिन्न अवैध धन्दा सञ्चालन गरेर सम्पत्ति आर्जन गरिरहेका थिए भने अहिले नेपाली कांग्रेसको आडमा राज्यदोहन गरिरहेका छन् ।
कांग्रेसको आडमा चोधरीले करछली गर्ने, सरकारी जग्गा हड्प्ने, नेपालमा कमाएको पैसाले विदेशमा लगेर उद्योगधन्दा सञ्चालन गर्नेदेखि विदेशी बैंकमा खातासमेत सञ्चालन कालोधन लुकाउने काम गर्दै आएका छन् । एकातिर कांग्रेसको आडमा चौधरीले यस्तो धन्दा चलाएका छन् भने अर्काेतिर एमालेको आडमा उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्र प्रसाद ंढकालले उद्योग व्यवसाय तथा बैंक÷बित्तिय संस्था सञ्चालनदेखि विभिन्न मठमन्दिरमा केवलकार। सञ्चालन गर्ने नाममा सरकारी जग्गा हडप्ने काम गर्दै आएका छन् । त्योसँगै आइएमई मनी ट्रान्फरको नाममा हुन्डी कारोबारसमेत सञ्चालन गरिरहेका छन् ।
व्यापार व्यवसाय गर्ने नाममा ढकालले राज्यलाई नै तहसनहस पारिरहँदा सम्बन्धित निकाय भने तिनै व्यक्तिलाई सरक्षंण दिइरहेको छ । उल्टै ढकाल राज्यको सम्पत्तिमाथि खेलवाड गरेर रातारात अर्बपति बनिरहेका छन् । ढकालले अवैध ढंगले कमाएको पैसाबाट राजनीतिक दलका नेताहरुलाई चन्दा र पत्रकारहरुलाई चारो हाल्ने काम गर्दै आएका छन् । पत्रकारहरुलाई चारो हालिदिए बापत पत्रकारहरुले पनि ढकालको पक्षमा समाचार प्रकाशन गर्ने गरेका छन् । ढकालको विकृति र विसंगतिको बारेमा पत्रकारहरुले वास्तविक खोजविहिन गरी समाचार सार्वजनिक गर्नुपर्ने ठाउँमा उल्टै उनैको चाकडी र चाप्लुसी गर्दै आएका छन् ।
त्यस्तै अर्का नामुद व्यापारी हुन् । सामसुङ मोबाइलका डिलर सञ्चालक दिपक मलहोत्रा । मलहोत्रा सामसुङ मोबाइल भित्र्याउने नाममा सुनदेखि हुन्डीसँगै जग्गा प्लटिङको कारोबार गर्ने गरेका छन् । मलहोत्राले गर्दै आएको कालाकर्तुत मिडियाहरुले सार्वजनिक गरेपछि पत्रकार सम्मेलनगरी केहि मिडियालाई चारो दिने र राजनीतिक दलका शीर्ष नेता र पार्टीलाई सहयोग गरेर आफू चोखिने काम गर्दै आएका छन् । नेपालका ठूला व्यापारिक घरानामा चौधरी ग्रुप, खेतान ग्रुप, संघाई ग्रुप, चन्द्र ढकाल र दिपक मलहोत्रा रहेका छन् । यी व्यापारिक घरानाहरुले राजनीतिक दलहरुलाई गुमहरामा पारेर फाइदा लिन सफल भएका छन् । राजनीतिक दलका नेताहरुले तिनै उद्योगी व्यापारीहरुलाई प्रयोग गरेर सम्पत्ति जोड्ने काम गर्दै आएका छन् ।