‘कुलिङ पिरियड’ हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा गरिएको हेरफेर बारे छानबिन गर्न बन्ने संसदीय समितिको नेतृत्व कांग्रेसलाई दिन नहुने अडान राखेको छ ।

सोमबार जारी रहेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपाले छानबिन समितिको नेतृत्व कांग्रेस दिन नहुने अडान राखेको हो ।छानबिन समितिको नेतृत्व कांग्रेसबाट सह महामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई दिने प्रस्ताव आएपछि रास्वपाले असहमति जनाएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्ता पक्षबाट परियारलाई नेतृत्व दिने प्रस्ताव आएकोमा आफूहरूले त्यसलाई नमान्ने स्पष्ट गर्दै सत्ता पक्षबाटै छानबिन समितिको नेतृत्व हुने भएमा आफुहरु समितिमा नबस्ने चेतावनी दिएका छन् ।

समितिमा सत्तारूढ कांग्रेस र एमालेका दुई–दुई जना, प्रतिपक्षी दल माओवादी, रास्वपा र राप्रपाबाट एक–एक जना सदस्य रहने गरि सय अघि नै सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *