इरानमा पाँच सय ८५ जनाको मृत्युहुँदा एक हजार तीन सय २६ जना घाइते, इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने

विविध समाचार

काठमाडौं । इजरायलले गरेको आक्रमणमा परेर इरानमा पाँच सय ८५ जनाको मृत्युहुँदा एक हजार तीन सय २६ जना घाइते भएका छन् ।

इरान र इजरायलबीच छैटौँ दिनदेखि द्वन्द्व जारी नै रहेको छ । बुधबार बिहान इजरायलमाथि केही घण्टाको अन्तरालमा दुईवटा इरानी क्षेप्यास्त्र आक्रमण भएको
अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमहरुले जनाएका थिए । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना सर्त आत्मसमर्पण गर्न आग्रह गरेका थिए । यसको प्रतिउत्तरमा इरानको सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले ट्विटरमा पोस्टहरू गर्दै इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने र युद्ध सुरु भइसकेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *