प्रतिनिधि सभाको बैठकमा अघि सारेका माग सम्बोधन नभएको भन्दै राप्रपासँगै रास्वपाले पनि बहिष्कार गर्यो बैठक

राजनीति समाचार

काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ ।

आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आ–आफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरेपनि उनीहरुले भिजिट भिसा प्रकरणमा अघि सारेका माग सम्बोधन नभएको भन्दै शुक्रबारको बैठक बहिष्कार गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।

त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् । सभामुखले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *