नयाँ शक्तिमा लाजको पसारो

राजनीति समाचार

काठमाडौं । सत्ता र शक्तिको अनुभव भएर के गर्ने ? ठूलो भीडबाट रातारात करोडौं खर्च विज्ञापन गरेर दशरथ रङ्गशालाबाट जन्माइएको डा. बाबुरामको नयाँ शक्ति कहिले मधेसीसँग मिसेको छ, त अहिले जनतामा अलपत्र छ । पार्टी स्थापनाको दसौं वर्षमा प्रवेश गर्दाको क्षणमा डा. बाबुरामको हिजोको क्रेज छैन ।
दक्षिण एसियाकी भ्रष्ट नारीको रूपमा डा.आरजु राणा, हिसिला यमी, सुजाता कोइराला चर्चामा थिए । ठूलो पार्टी भ्रष्टाचार र मानव हत्याका घटनामा जोडिएका कांग्रेसमा दर्जन हुँदा राणा र सुजाता त संघीय संसदमै डुग्रिएकै छन् ।

डा.आरजु परराष्ट्र मन्त्री छिन् । सुजाता त्यही मन्त्रालयमा मन्त्री बन्दा देशको पासपोर्ट बेचे पनि कारबाही भोग्नुपरेन । डा.बाबुरामको समाजवादी नयाँ शक्तिमा बाबु अध्यक्ष छोरी मानुषी भट्टरई उपाध्यक्ष भएपछि त्यो पार्टी कस्तो हुन्छ ? देश एकातिर डा.बाबुराम भारततिर हुँदा पार्टी कसरी जाग्छ । जबकि बाबुराम भट्टराई नेपालमा कम्युनिस्टहरू जरुरी छैन भन्छन् । तर जनता कम्युनिस्ट पार्टीमा आकर्षित छन् ।

नेता बिग्रेका हुन्, जनता र मतदाता बिग्रेका छैनन् भन्ने कुरा संसदमा नेकपा एमाले ७८, माओवादी ३२, नेकपा एकीकृत १० गरी १२० सिट त कम्युनिस्टकै रहेको छ । यहाँ नेमकिपा र मसाल पनि छन् । पार्टी बाबु छोरीको बनाउने, जनताको अगाडि आफू वैकल्पिक शक्ति भन्दै १०औं वर्ष प्रवेश गर्दा पनि जनताले नाम लिँदैन भन्ने ज्ञान किन आएन ? डा.बाबुराम विद्वान छन्, सबैतिर ज्ञान छ, भ्रष्टाचारबाट जोगिए होलान् तर श्रीमती हिसिला यमीको नेवारवादी चरित्र र भ्रष्ट आचरणले डा.बाबुराम बहिष्कृत भएको किन बुझ्दैनन् ? माओवादी छाडेपछि डा.बाबुरामसँग राजनीतिमा हिस्सेदार बनन सक्ने संगठन पनि छैन । माओवादीको चुनाव चिन्हमा निर्वाचित महेन्द्र यादव र गंगा श्रेष्ठले पार्टी किन छाडे ? यो प्रश्नको उत्रर उनले खोज्नु पथ्र्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *