काठमाडौं । विश्व सङ्गीत दिवसको अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारु कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन् ।
राष्ट्रिय थारु कलाकार मञ्चले आयोजना गरेको वृहत् राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रममा उनीहरुले आ–आफ्नो ठाउँ विशेषका प्रस्तुतिहरू दिएका हुन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेसम चौधरीले गरेका थिए ।
कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले पहिचानको लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको दाबी गरेदेशभरका थारु कलाकारहरूले आ–आफ्नो क्षेत्रमा बोलिने ठाउँमा बोलिने थारु भाषाका मौलिक संस्कृति झल्कने प्रस्तुति रहेका थिए । कार्यक्रममा चारजना अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको थियो।

