सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि बाह्य ऋण उठाउन सकेन

विविध समाचार

काठमाडौं । चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार ९९ अर्ब २० करोड १७ लाख रुपैयाँ बराबर बाह्य ऋण उठाइएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार शनिबार बेलुकासम्म सरकारको कूल पुँजीगत खर्च वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हाराहारी रहेको जनाएको छ । अर्कोतर्फ सरकारले चालु आवका लागि राखेको आन्तरिक ऋणको लक्ष्य भने शतप्रतिशत प्राप्ति हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *