खानेपानीमा सिईओ बद्नाम, बोर्ड डाइरेक्टर हाइहाई

राजनीति समाचार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा कर्मचारी युनियन र सिईओ अशोक कुमार पौडेलबीचको द्वन्द्वले सिमा नाघेको छ । सिईओ पौडेलविरुद्ध कर्मचारी युनियनहरुले आन्दोलन गरेको महिनादिन नाघिसकेको छ । कर्मचारी युनियनहरुले सिईओ पौडेलको राजीनामा माग्दै आन्दोलन छेडेका छन् । कर्मचारी युनियन कै कारण सञ्चालक समितिको बैठकसमेत बस्न सकेको छैन ।

उता, सिईओ पौडेलले कर्मचारी युनियनको मागअनुसार पदबाट राजीनामा दिएर मार्गप्रसशस्त पनि गरेका छैनन् । कर्मचारी युनियन र सिईओ पौडेलको द्वन्द्वले महिनादिनदेखि (केयुकेएल)को काम ठप्प भएको छ । अर्कोतर्फ उपत्यका खानेपानी वितरण व्यवस्थापन बोर्डका डाइरेक्टर सञ्जीव राणाको जागिरे अवधि यही असार ७ गते समाप्त हुँदै छ । राणा योसहित दुई कार्यकाल बोर्डको डाइरेक्टर भएर विदा हुँदैछन् । घर जान लागेका राणालाई बोर्डका अधिकांश कर्मचारीहरुले राम्रो काम गरेको भन्दै पुनः दोहो¥याउनुपर्ने माग गरिराखेका छन् ।

राणाले बोर्डमा बसेर सिस्ने खानेपानी आयोजनाको काम छिटोछरितो ढंगले सम्पन्न गरेको, महानगर, नगरपालिका, उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका खानेपानी निर्देशनालय अनामनगरसँग समन्वय गरेर कामलाई प्राथमिकता दिएको, फजुल खर्च नगरेको, प्राविधिक क्षेत्रमा राम्रो दक्षता भएको, आर्थिक पारदर्शीता चुस्तदुरुस्त राखेकोलगायतका राम्रो कामको मूल्याङ्कन गर्दै बोर्डका कर्मचारीहरुले पुनः दोहो-याउन आग्रह गरेको बताइन्छ ।

अर्कोतर्फ (केयुकेएल)का सिईओ पौडेलमाथि संस्थाभित्र राम्रो काम नगरेको, आर्थिक अनियमितता गरेको, कर्मचारीको माग सम्बोधन गर्न नसकेको, खानेपानी मर्मत, संभारको लागि बजेट निकासा नगरेको लगायतका आरोप लगाउँदै कर्मचारी युनियनहरुले राजीनामा माग गर्दै आन्दोलन चर्काइरहेका छन् । अर्कोतिर काठमाडौं उपत्यका खानेपानी वितरण व्यवस्थापन बोर्डका डाइरेक्टर सञ्जीव राणालाई दुई कार्यकाल संस्थामा बसेर राम्रो काम गरेको भन्दै पुनः दोहो¥याउन माग भइरहेको स्रोतले बताएको छ । यसले गर्दा राम्रो काम गर्ने कर्मचारीको मूल्याङ्कन हुन्छ भन्ने उदाहरण पुष्टि गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *