काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति उडान रद्द हुँदा यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् ।
सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएकोले वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलपत्र परेका थिए ।
नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको हो ।

