हिमाली क्षेत्रमा तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा फस्टायो स्याउखेती, किसानलाई बिरुवा अनुदान

विविध समाचार

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउखेती फस्टाउन थालेको छ ।

जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै जाँदा पछिल्लो समय उपल्लो मुस्ताङमा किसानले स्याउखेती सुरु गरेका छन् । जलवायु परिवर्तनको असरले समुद्री सतहको करिब तीन हजार मिटरसम्मको उचाइमा गरिएको स्याउखेती अहिले उपल्लो मुस्ताङको समुद्री सतहको चार हजार मिटरको उचाइसम्म नै स्याउखेती हुन थालेको छ । तल्लो मुस्ताङमा हुने शीतोष्ण फलफूलमध्येको स्याउखेती उपल्लो मुस्ताङमा सप्रिन थालेपछि त्यहाँका किसान उत्साहित भएका छन् । अहिले त्यहाँ स्याउखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।
किसानलाई स्याउखेतीतर्फ आकर्षित गर्दै स्याउ हबका रूपमा विकास गर्ने योजनासहित लोमान्थाङ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेर स्याउको बिरुवा खरिद गर्ने किसानलाई अनुदान दिनेगरी बजेट विनियोजन गरेको हो ।

लोमान्थाङ गाउँपालिका १६औँ गाउँसभाको पालिकाले कृषि प्रणालीको बृहत्तर विकास गर्नेगरी स्याउखेती विस्तार गर्ने रणनीति समेत लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *