नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक,साढे १६ करोड भन्दा बढी

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

केन्द्रीय बैंक गभर्नर नियुक्त भएसँगै पौडेलले आफ्नो सम्पत्ति पछिल्लो समय साढे १६ करोड रुपैयाँ बराबरको विवरण पेश गरेका हुन् । विवरण अनुसार पौडेलसँग घरजग्गा, सुन, गाडी, सेयर लगानी र नगद रहेको छ । पौडलले गभर्नर नियुक्त हुदाँका बखत ६ बैंकको खाता चलाएका छन् । त्यसमा दुई वटा डलर खाता पनि छ । डलर खातामा भने कुल ४ हजार ५ सय १६ डलर छ । बाँकी खातामा गभर्नरको कुल बचत २६ लाख ८६ हजार रुपैयाँ छ ।

गभर्नर पौडेलको आफ्नै नाममा ३ वटा बैंक खाता छन् भने प्रतिभा शर्माको नाममा ३ वटा छन् । बैंक खातामा भएको सबै नगदलाई आफैंले आर्जन गरेको विवरणमा उल्लेख छ ।पौडेलसँग १५ लाख रुपैयाँ बराबरको हिरा छ । तर, उनले आफूसँग भएको ४५ तोला सुनको मूल्य भने उल्लेख गरेका छैनन् । त्यसैगरी उनीसँग सुजुकी कम्पनीको चार पाङ्ग्रे गाडी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *