काठमाडौं । सिरहाको गोलबजार नगरपालिकाले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।
वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा पाँच स्वास्थ्य स्वयंसेविकालाई एक एक थान साइकल प्रदान गरिएको हो । जिल्ला समन्वय समितिले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै वडा कार्यालयले गरेको पहल अनुकरणीय रहेको बताएका छन्। घरदैलोमै पुगेर सेवा दिनुपर्ने भएकोले टाढाटाढासम्म पैदल हिँड्नु पर्ने बाध्यता थियो अब साइकल पाउँदा काम सहज र प्रभावकारी भएको स्वयंसेविकाहरुले बताएका छन् । साथै साइकल वितरणले आफूहरूमा कामप्रति अझ बढी उत्प्रेरित हुन सहयोग पुगेको समेत उनिहरुले बताएका थिए ।

