बागमती प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्तारुढ दलकै असन्तुष्टी, ६७ करोड ४७ लाख ७३ हजार रुपैयाँको बजेट

अर्थ/वाणिज्य वाग्मती प्रदेश समाचार

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि विवाद बढ्दै गएको छ ।

बजेटमाथिको विवादकै कारण सत्तारुढ दल नेपाली कांग्रेस र एमाले आन्तरिक छलफलमा जुट्दा संसदीय दलको बैठक निष्कर्षविहीन बनेको थियो । सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएपछि बागमतीको बजेट पुनर्लेखन वा पूरक बजेट ल्याउनेबारे चर्चा भइरहेको छ । यसबारे बागमती सरकारको आधिकारिक धारणा भने आइसकेको छैन ।
बिहीबार साँझ बसेको दुई दलको बैठकमा पूरक बजेट वा पुनर्लेखनको विषय उठे पनि ठोस निर्णय हुन सकेको छैन । बजेटमा सुधारको खाँचो रहेकोमा दुवै दल सकारात्मक रहेको बैठकमा सहभागी एक नेताले बताए ।

प्राथमिकताका परियोजनामा अर्थपूर्ण विनियोजन, राजस्व संकलनमा वृद्धि र खर्च व्यवस्थापनका विषयमा आलोचनात्मक ढंगबाट नेताहरूको टिप्पणी आएको उनको भनाइ रहेको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ करोड ४७ लाख ७३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *