गृहमन्त्री र सचिवको जागिर धरापमा

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले गृह प्रशासनलाई चुस्त–दुरुस्त बनाउन सकेका छैनन् । उल्टै मन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछीन पुगेका छन् । अर्कोतर्फ सशस्त्र प्रहरी र नेपाल प्रहरीमा सरुवा, बढुवामा पनि कृपाबाद र नाताबाद हाबि भएसँगै पैसाको चलखेल भएको बताइन्छ । त्यसैगरी हतियार खरिदमा पनि कमिसनको मोलमोलाई भइरहेको स्रोतले उल्लेख गरेको छ ।

भिजिट भिसाबाट मन्त्री लेखकले १९ अरब भन्दा बढी आर्थिक लाभ लिएसँगै संसद अवरोध भइरहँदा राजीनामा समेत नदिएर मौन बसेका छन् । लेखक माथि पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनेको छ । त्यसको सदस्यमा पर्यटन, गृह,श्रम र पर्यटनका सहसचिव सदस्य रहेका छन् । सो समितिलेपनि झारा टार्ने कामभन्दा अन्य काम गर्न सक्ने अवस्था देखिदैन । अर्कोतर्फ डा. आरजु राणाले गृहमन्त्री लेखक र सचिव दुवाडीलाई गुम्राहामा पार्दै सशस्त्र र नेपाल प्रहरीका केही उच्च तहका सुरक्षा निकायका प्रहरीहरुलाई बढुवा र सरुवा गरि मालदार अड्डामा पुर्याइएको अवस्था छ । त्यसले गर्दापनि गृहमन्त्रालय दिनप्रतिदिन बदनाम हुँदै गएको छ । प्रहरी सरुवा र बढुवामा पैसाको चलखेल भएकोे प्रहरी स्रोतले नै उल्लेख गरेको छ । एसएसपी र एसपीहरुको बढुवामा पनि लेनदेनको कुरा नमिलेकै कारण बढुवा रोकिएको बताइन्छ ।

उता गृहसचिव दुवाडीले प्रहरी प्रशासनलाई चलायमान बनाउन नसकेको आरो त्यत्तिकै छ । प्रहरी सरुवा बढुवामा पारदर्शीता देखाउन नसकेको, भिजिट भिसामा सेटिङ्ग मिलाएको, सिडियो सरुवामा मनलाग्दी गरेको, हतियार खरिदमा फाइल अगाडि बढाएको जस्ता आरोप दुवाडीले खेपी रहेका छन् । कांग्रेस इतरपक्षका केही नेताहरुले गृहमन्त्री रमेश लेखकले राजिनामा नदिएतापनि गृहसचिव फेर्नुपर्ने आवाज कांग्रेस इतर पक्षका नेताहरुले उठाउन थालेका छन् । सचिव दुवाडी विवादमा तानिएपछि सुरक्षा निकाय र गृहमन्त्रालयका केही कर्मचारीहरुले दुवाडीलाई पत्याउन छाडेका छन् ।

सचिव दुवाडीकै कारण भिजिट भिसामा सेटिङ्ग भएको र पाकिस्तान, बगंलादेश र भारतीय नागरिकहरुले खुल्लम खुल्ला अन्तर्राष्ट्रिय विमान स्थलबाट बाहिर पठाउन सहयोग गरेको, सुन तस्करीलाई सहजिकरण गरेको आरोप दुवाडीमाथि लागेको छ । दुवाडीलाई अन्यन्त्र सरुवा गरी गृहसचिवमा अन्यलाई ल्याउने तर्खर भइरहेको छ । गृहसचिवमा दाबि गर्नेहरुमा श्रमसचिव पुष्करहरि कर्ण, भूमिसचिव केदारनाथ शर्मा र सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलाको नाम चर्चामा छ ।

कतिपय कांग्रेसी नेताहरुले मुकुन्द निरौलाको नाम लिएका छन् भने कतिपय नेताहरुले मुकुन्दको ठाउँमा केदारनाथ शर्माको नाम लिएका छन् । तर पुष्करहरि कर्णलाई भने कांग्रेसभित्रकै केही कर्मचारी र नेताले कर्णलाई भारतीय एजेन्ट भन्ने गरेको स्रोतले उल्लेख गरेको छ । त्यसले गर्दा गृहसचिवमा निरौला र शर्माको भिडन्त हुने देखिन्छ । तर, डा. आरजु राणाले गृहसचिव दुवाडीलाई साथ दिएकै कारण तत्कालै सचिव दुवाडीको सरुवा नहुने देखिन्छ । कांग्रेसभित्रकै केही नेता र मन्त्रीहरुले कित गृहमन्त्रीले राजिनामा दिनुपर्ने कित गृहसचिव फेर्नुपर्ने आवाज उठाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *