काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा (ख) को उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने भएको छ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ र मनाङमा उनिर्वाचन गर्ने निर्णय लिएको हो । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोरा निर्वाचित भएका थिए । तर बोहराको २०८१ चैत १९ गते निधन भएपछि सांसद पद रिक्त रहेको छ । बोहोराको काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो ।

