एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटमा नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य

खेलकुद समाचार

काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको हो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो ।
नेपालका लागि रौनक श्रीवास्तवले अविजित १६८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै जोय थापाले अविजित ६१ रन बनाए भने शिवांश बजगाईंले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाएका थिए । त्यस्तै भुटानका बलर सांगे दोर्जीले ३ विकेट लिएका थिए ।

समूह ‘ए’ मा नेपालको ३ खेलमा ६ अंक छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुबै टोली सेमिफाइनलमा पुगेका छन् । नेपाल यस खेलमा विजयी भएपछि सेमिफाइनलमा मलेसियासँग खेल्नेछ ।

यू(१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *