काठमाडौं । समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी निजामती कर्मचारी विधेकयमा घुसाएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको चर्को आलोचना भइरहेको छ।
निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ राख्ने सहमति संसदीय समितिमा भएको थियो । तर संसद्मा पुगेको विधेयक सभापति खतिवडाले हटाएको खुलेपछि कारबाहीको माग गरिएको हो । यस्तो हर्कतलाई लिएर खतिवडाले समिति सभापतिबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सचिव दुबैले विधेयकमा ‘बाहेक’ शब्द घुसाएर बदमासी गरेको भन्दै यसको जिम्मेवारी उनीहरूले लिनुपर्ने आवाज सांसदहरूले उठाएका हुन् ।
उता खतिवडाले प्रतिनिधिसभावाट पास भएको विधेयक राष्ट्रियसभावाट सच्चाउन सकिने जिकिर गरिरहेका छन् । उनले यसमा जसले बदमासी गरेको भए पनि कारबाही हुनुपर्ने बताए ।
‘यसमा जसले बदमासी गरेको भए पनि कारबाही हुनुपर्छ । यो कार्यपालिकाले व्यवस्थापिकाको अपमान गरेको भयो’, उनले भने, ‘मैमाथि पनि छानबिन होस् । यसलाई फेरि सच्याएर लैजानुपर्छ भन्ने मेरो पनि मत छ ।’ भनि समितिका सभापति रामहरि खतिवडाले यसरी जवाफ दिएका छन् ।

