‘कुलिङ पिरियड’ सचिव, सहसचिवको हकमा लागू नहुने विवादले स्थगित भयो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

राजनीति समाचार

काठमाडौं । प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको छ ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ ‘बाहेक’ थपिएको विषयमा विवाद भएपछि सभापति रामहरि खतिवडाले बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुनु अगावै प्रतिपक्ष दलले कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरलाई गम्भिर षडयन्त्र भनेर टिप्पणी गर्दै यस्तो कार्यमा संलग्नले नैतिकताको आधारमा ठाउँ छोड्नुपर्छ र कारबाही भोग्नुपर्ने पर्ने मागसहित विवाद बढेपछि खतिवडाले बैठक स्थगित गरेका हुन् ।

‘निजामती कर्मचारी विधेयकका सन्दर्भमा जुन कुलिङ पिरियडको विषय थियो, यो महिनौँसम्म लगाएर छलफल भएको विषय हो । यसका सन्दर्भमा चाहिँ भएका सहमतिहरु भनेको दुई वर्षका निम्ति कुलिङ पिरियड कायम राख्नुपर्छ भनेर सहमति पनि भयो र त्यही सहमतिका आधारमा समितिबाट निर्णय भएर अघि बढेको विषयमा नै मुख्य सचिव, सचिव, सहसचिवहरुको हकमा चाहिँ लागू नहुने प्रकारले जुन खालको प्रतिवेदन बन्यो, संसदबाट पारित भयो, यो गम्भीर षड्यन्त्र हो । भनि उपस्थित सांसदहरुले चर्को आलोचना गरेका थिए ।

खतिवडाले यसबारे सबैलाई जवाफ दिने बताएका थिए । समितिमा आज प्रहरी विधेयकमा संशोधन राखेका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *